आयोगद्वारा ७२ वटा स्वास्थ्य शिक्षण संस्थालाई स्तरोन्नति गर्न आशयपत्र प्रदान  « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

आयोगद्वारा ७२ वटा स्वास्थ्य शिक्षण संस्थालाई स्तरोन्नति गर्न आशयपत्र प्रदान 


९ जेष्ठ २०८०, मंगलबार


काठमाडौँ । चिकित्सा शिक्षा आयोगले ७२ वटा चिकित्सा शिक्षा सम्बन्धीका शिक्षण संस्थालाई आशयपत्र दिएको छ । 

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) अन्तर्गतका चिकित्सा शिक्षा सम्बन्धी शिक्षण संस्थाहरूलाई आशयपत्र र सम्बन्धन अनुमोदन तथा स्वीकृति गरेको हो ।  

आयोगले निर्धारण गरेको मापदण्ड अनुसार पुरा गरेका तथा पूर्वाधार भएका, पर्याप्त जनशक्ति भएका संस्थाहरूलाई अनुगमनका आधारमा स्वीकृत दिएको हो । 

आयोगले प्रमाणपत्र तह अन्तर्गत नर्सिङ, एचए, ल्याब, फार्मेसी, रेडियोग्राफी लगायतका विषय पठनपाठनका लागि आशयपत्र दिएको हो । आशयपत्र पाएका कलेजहरूमा ४ वटा नर्सिङ कलेज छन् । अन्यमा सामान्य चिकित्सा, मेडिकल ल्याब टेक्निसियन, रेडियोग्राफी र डिप्लोमा इन फार्मेसी लगायत रहेका छन् । 

Tags :
प्रतिक्रिया दिनुहोस