बिदा भए महालेखा परीक्षक शर्मा, नेतृत्वविहीन बन्यो कार्यालय  « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

बिदा भए महालेखा परीक्षक शर्मा, नेतृत्वविहीन बन्यो कार्यालय 


९ जेष्ठ २०८०, मंगलबार


काठमाडौँ । महालेखा परीक्षकको कार्यालय नेतृत्वविहीन भएको छ । महालेखा परीक्षक टङ्कमणि शर्मा आफ्नो ६ वर्षे कार्यकारी पुरा गरी सोमबार बिदा भएसँगै कार्यालय नेतृत्वविहीन भएको हो । 

तत्कालीन राष्ट्रपतिबाट २०७४ साल जेठ २ मा नियुक्त पाएका शर्माले पुरै कार्यकाल पुरा गरी बिदा भएका हुन् ।

शर्माले आफ्नो कार्यकालमा कार्यालयको काममा सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन गरेका छन् । 

सरकारले महालेखा परीक्षकका रूपमा अझै कसैलाई पनि सिफारिस गरेको छैन । सरकारको सिफारिसमा राष्ट्रपतिबाट महालेखा परीक्षक नियुक्त गर्ने प्रावधान रहेको छ । 

Tags :
प्रतिक्रिया दिनुहोस