केपी ओली प्रोफेसर डाक्टर हो : गोकुल बाँस्कोटा « प्रशासन
Logo २४ बैशाख २०८१, सोमबार
   

केपी ओली प्रोफेसर डाक्टर हो : गोकुल बाँस्कोटा


९ जेष्ठ २०८०, मंगलबार


काठमाडौँ । नेकपा (एमाले)का सांसद गोकुल बाँस्कोटाले केपी ओलीलाई हेडमास्टरको उपाधिले नपुग्ने बताएका छन्।

सांसद माधव सापकोटाले नीति, कार्यक्रममा टिप्पणी गर्ने क्रममा विपक्षी दलका नेता केपी शर्मा ओलीले हेडमास्टर शैलीमा पढाएको बताएका थिए।

मङ्गलवार प्रतिनिधि सभाको बैठकमा नीति कार्यक्रममाथिको छलफलमा बोल्दै बाँस्कोटाले माओवादी केन्द्रका सांसद सापकोटालाई ओलीलाई हेडमास्टरको उपाधिले मात्रै नपुग्ने भन्दै जवाफ दिएका हुन् ।

उनले भने, ‘हेडमास्टर भन्नुभयो, हामी आक्रोशित छैनौँ। नेकपा (एमाले) लोकतन्त्र, राष्ट्रिय स्वाधीनता, सामाजिक न्याय सहितको परिवर्तनको, पुनर्जीवनको र राष्ट्रिय आत्मविश्वास निर्माणको विश्वविद्यालय हो, तपाईँहरूले दिएको उपाधिले पुग्दैन, उहाँ त भिसी (उपकुलपति हो, प्रोफेसर डाक्टर हो ।’

उनले ओली अहिलेको परिवर्तनको इन्जिनियर, आर्किटेक भएको बताए। उनले फेरि भने, ‘उहाँ सबै हो, तपाईँहरूले कम्तीमा सिक्न पाउनुभएको छ। म बधाई भन्न चाहन्छु ।’

Tags :
प्रतिक्रिया दिनुहोस