सार्वजनिक सम्पत्तिमा क्षति पुर्‍याउनेबाटै क्षतिपूर्ति भराउने सम्बन्धी कार्यविधि कार्यान्वयनमा सहयोग गरिदिन गृहको आग्रह « प्रशासन
Logo ६ जेष्ठ २०८१, आइतबार
   

सार्वजनिक सम्पत्तिमा क्षति पुर्‍याउनेबाटै क्षतिपूर्ति भराउने सम्बन्धी कार्यविधि कार्यान्वयनमा सहयोग गरिदिन गृहको आग्रह


२४ बैशाख २०८१, सोमबार


काठमाडौँ । गृह मन्त्रालयले ‘सार्वजनिक प्रदर्शन, हडताल तथा विरोधका कार्यक्रमबाट हुने क्षति मूल्याङ्कन सम्बन्धी कार्यविधि, २०८१’ कार्यान्वयनमा सहयोग गरिदिन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई आग्रह गरेको छ । गृहले आइतबार पत्र लेख्दै यस्तो आग्रह गरेको हो ।

गृहले उक्त कार्यविधि कार्यान्वयनका लागि मन्त्रालय मार्फत सबै स्थानीय तहहरूलाई पत्राचार गरी सहयोग गरिदिन सामान्य प्रशासन मन्त्रालयलाई आग्रह गरेको हो । यसअघि गृह मन्त्रालयले विभिन्न आन्दोलन र विरोध प्रदर्शनका क्रममा सार्वजनिक सम्पत्तिको तोडफोड तथा आगजनी गरी क्षति पुर्‍याएमा आन्दोलनकारीबाटै क्षतिपूर्ति भराउनेसम्बन्धी कार्यविधि स्वीकृत गरेको थियो ।

गृहले आइतबार नै प्रदर्शन, धर्ना–जुलुस, विरोध लगायतका कार्यक्रमहरूको अनुमति दिँदा ‘सार्वजनिक प्रदर्शन, हडताल तथा विरोधका कार्यक्रमबाट हुने क्षति मूल्याङ्कन सम्बन्धी कार्यविधि, २०८१’ अनुसार दिन गृह मन्त्रालयले देशभरका जिल्ला प्रशासन कार्यालयहरूलाई निर्देशन दिएको थियो ।

सम्बन्धित समाचार : सार्वजनिक सम्पत्तिमा क्षति पुर्‍याउनेबाटै क्षतिपूर्ति भराउने गरी गृहले ल्यायो कार्यविधि

सम्बन्धित समाचार : प्रशासन कार्यालयहरूलाई गृहको निर्देशन- कार्यविधि पालना गर्ने सर्तमा मात्र विरोधका कार्यक्रम गर्न अनुमति दिनू

Tags :
प्रतिक्रिया दिनुहोस