स्विजरल्याण्ड पठाइदिने भन्दै रकम ठगी गर्ने महिला पक्राउ « प्रशासन
Logo २८ बैशाख २०८१, शुक्रबार
   

स्विजरल्याण्ड पठाइदिने भन्दै रकम ठगी गर्ने महिला पक्राउ


८ जेष्ठ २०८०, सोमबार


काठमाडौँ । प्रहरीले स्विजरल्याण्ड पठाइदिन्छु भन्दै रकम ठगी गर्ने महिलालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–४ स्थायी घर भई हाल बाँकेको कोहलपुर नगरपालिका-११, दशबिगा बस्ने ४६ वर्षीया पार्वती थापा रहेकी छन् ।

पार्वती समेतले तुलाराम तारम मगरबाट वैदेशिक रोजगारीको लागि स्विजरल्याण्ड जान पटक-पटक गरी सात लाख बीस हजार रुपैयाँ रकम लिई सम्पर्कविहीन भएकी थिइन् ।

उनलाई मीनभवनबाट खटिएको प्रहरीको टोलीले काठमाडौँ-२६, गोङ्गबुबाट पक्राउ गरिएको हो । पक्राउ परेका महिलालाई अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग बुद्धनगर, काठमाडौं पठाइएको जनाइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस