वाणिज्य बैंकले गर्‍यो क्रिकेट खेलाडीलाई जनही १ लाखसहितको सम्मान « प्रशासन
Logo २२ मंसिर २०८०, शुक्रबार
   

वाणिज्य बैंकले गर्‍यो क्रिकेट खेलाडीलाई जनही १ लाखसहितको सम्मान


८ जेष्ठ २०८०, सोमबार


काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले नेपाली राष्ट्रिय क्रिकेट टोलीको योगदानको उच्च सम्मानार्थ तथा अझै उच्च सफलता हासिल गर्न उत्प्रेरणा प्रदान गर्नका लागि भन्दै राष्ट्रिय क्रिकेट टिमका खेलाडी तथा टिम अफिसियलहरुलाई सम्मान गरेको छ ।

सम्पन्न एसीसी प्रिमियर कप २०२३ को विजेता भएको राष्ट्रिय क्रिकेट टिमका १८ जना खेलाडीहरूलाई जनही एक लाख रुपैयाँ र ८ जना टिम अफिसिलयलहरुलाई जनही ५० हजार रुपैयाँ नगदसहित बैंकले सम्मान प्रदान गरेको छ ।

आइसिसी क्रिकेट विश्वकप लिग २ मा तेस्रो हुँदै नेपालले विश्वकप छनौट खेलमा सहभागी हुने अवसर पाएको तथा प्रिमियर कप जितेर एसिया कपमा छनोट भएर नेपालको नाम उँचो पारेकाले सम्मान गरिएको बैंक सञ्चालक समितिले जनाएको छ । 

बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले अन्तर्राष्ट्रिय रूपमा क्रिकेट राष्ट्रको नाम उच्च बनाएको यो क्षण गौरवपूर्ण भएको बताउँदै अन्य खेलकुदलाई पनि बैंकले सहयोग गरेको बताए ।

सम्बन्धित समाचार : खेलाडीलाई जनही एक लाख दिँदै राष्ट्रिय वाणिज्य बैंक 

Tags :
प्रतिक्रिया दिनुहोस