खेलाडीलाई जनही एक लाख दिँदै राष्ट्रिय वाणिज्य बैंक  « प्रशासन
Logo २२ बैशाख २०८१, शनिबार
   

खेलाडीलाई जनही एक लाख दिँदै राष्ट्रिय वाणिज्य बैंक 


३ जेष्ठ २०८०, बुधबार


काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंकले नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडीलाई जनही एक लाख रुपैयाँ दिने भएको छ । 

नेपाल क्रिकेट सङ्घ (क्यान)ले बुधबार सामाजिक सञ्जालमार्फत वाणिज्य बैंकले नेपाली टिमका खेलाडीलाई जनही एक लाख र टिमका अफिसियलहरूलाई जनही ५० हजार रुपैयाँ दिने जनाएको हो ।

वाणिज्य बैंकले नेपाली टिम एसिया कपमा छनोट भएका कारण नगद पुरस्कारसहित सम्मान गर्ने भएको हो । वाणिज्य बैंकले आगामी दिनमा पनि क्यानसँगको सहकार्यलाई अघि बढाउने प्रतिबद्धतासमेत व्यक्त गरेको छ । 

Tags :
प्रतिक्रिया दिनुहोस