बलात्कारको आरोपमा पूर्वक्याम्पस प्रमुख पक्राउ « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

बलात्कारको आरोपमा पूर्वक्याम्पस प्रमुख पक्राउ


८ जेष्ठ २०८०, सोमबार


काठमाडौँ । दाङमा बलात्कारको आरोपमा देउखुरी बहुमुखी क्याम्पसका प्राध्यापक तथा पूर्वक्याम्पस प्रमुख शेषमणि गौतम पक्राउ परेका छन् ।

आइतबार दिउँसो २१ वर्षीया युवतीलाई आफ्नै घरमा बोलाई बलात्कार गरेको आरोपमा लमही नगरपालिका–५ रातोडाँडास्थित उनकै निवासबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

पक्राउ परेका शेषमणिलाई हिरासतमा राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

अदालतमा म्याद थप गरेर अनुसन्धान अघि बढाइने प्रहरीको भनाई छ ।

Tags :
प्रतिक्रिया दिनुहोस