जिल्लाको फैसला उल्ट्याउँदै उच्चले सुनायो पृथ्वी मल्ललाई चार वर्ष कैद सजाय « प्रशासन
Logo २४ बैशाख २०८१, सोमबार
   

जिल्लाको फैसला उल्ट्याउँदै उच्चले सुनायो पृथ्वी मल्ललाई चार वर्ष कैद सजाय


७ जेष्ठ २०८०, आइतबार


काठमाडौँ । उच्च अदालत पाटनले बुढानीलकण्ठमा भएको कार दुर्घटनामा जिल्ला अदालतको फैसला उल्ट्याउँदै पृथ्वी मल्ललाई चार वर्ष कैद सजाय सुनाएको छ।

न्यायाधीशद्वय राजेन्द्र खरेल र जगदीश घिमिरेको संयुक्त इजलासले आइतबार मल्ललाई चार वर्ष कैद र ४० हजार जरिवाना सजाय सुनाएको हो। 

१९ वैशाखमा कसुर पुष्टि भएको उक्त घटनाको मुद्दामा आज सजाय निर्धारण भएको उच्च अदालत पाटनले जनाएको छ । 

जिल्ला अदालतले यान्त्रिक गडबडी भनेर ६ महिना कैद सुनाएकोमा उच्चले सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को १६१ (२) अनुसार लापरबाहीपूर्वक सवारी चलाएर दुर्घटना गराएको फैसला गरेको हो।

२०७६ मंसिर २८ गते २२ वर्षीय मल्लले चलाएको बा १४ च ६१२३ नम्बरको कारले फुटपाथमा हिँडिरहेकी लीला देवकोटालाई ठक्कर दिँदा उनको ज्यान गएको थियो। 

Tags :
प्रतिक्रिया दिनुहोस