बझाङमा हिमपहिरोमा परी एकको मृत्यु, दुई बेपत्ता « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

बझाङमा हिमपहिरोमा परी एकको मृत्यु, दुई बेपत्ता


७ जेष्ठ २०८०, आइतबार


बझाङ । बझाङमा यार्सागुम्बा सङ्कलनमा गएका एकजनाको हिमपहिरामा परेर ज्यान गएको छ । आज सुर्मा गाउँपालिका-२ मा पर्ने धानशेरा भन्ने ठाउँमा हिमपहिरो जाँदा घटनास्थलमै उनको ज्यान गएको हो ।

सहायक प्रमुख जिल्ला अधिकारी सत्यकुमारी जोशीका अनुसार यार्सा सङ्कलन गर्ने क्रममा हिमपहिरो जाँदा दुई घाइते भएका छन् भने दुईजना बेपत्ता छन् । घटनाको जानकारी हुनासाथ नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली घटनास्थलतर्फ गएको सहायक प्रमुख जिल्ला अधिकारी जोशीले बताए ।

उनका अनुसार जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक जनक ढुङ्गाना र सशस्त्र प्रहरीका प्रहरी नायब निरीक्षकसहितको टोली घटनास्थलमा परिचालन गरिएको छ । हिमपहिरामा परेर मृत्यु हुने, घाइते र बेपत्ता हुनेको परिचय खुलेको छैन ।

Tags :
प्रतिक्रिया दिनुहोस