सेवाग्राहीलाई समयमै सेवा उपलब्ध गराउन मन्त्री साउदको निर्देशन  « प्रशासन
Logo २४ बैशाख २०८१, सोमबार
   

सेवाग्राहीलाई समयमै सेवा उपलब्ध गराउन मन्त्री साउदको निर्देशन 


७ जेष्ठ २०८०, आइतबार


काठमाडौँ । परराष्ट्रमन्त्री एनपी साउदले राहदानी विभागको अनुगमन गरेका छन् । मन्त्री साउदले आज विभागको अनुगमनमा पुगेका हुन् । 

सर्वसाधारणले राहदानीका लागि लाइन लाग्ने गरेको कुरा चर्चामा आएपछि मन्त्री साउदले पहिलो पटक राहदानी विभागको अनुगमन गरेका उनको निजी सचिवालयले जनाएको छ । । 

मन्त्री साउदले अनुगमनका क्रममा कर्मचारीहरूसँग छलफल गर्दै सेवाग्राहीलाई समयमै सेवा उपलब्ध गराउन निर्देशन दिएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस