सरकारले आफ्नै नीतिको लाज राखोस् : गगन थापा « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

सरकारले आफ्नै नीतिको लाज राखोस् : गगन थापा


७ जेष्ठ २०८०, आइतबार


काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले स्वदेशमै निर्मित विद्युतीय सवारी साधन दर्ता प्रक्रियामा फेरि समस्या आएको भन्दै त्यसको समाधान गर्न माग गरेका छन् ।

आइतबारको प्रतिनिधि सभाको बैठकमा बोल्दै थापाले प्रधानमन्त्रीको निर्देशनमा सुरुमा यात्री मोटरसाइकल दर्ता भए पनि अहिले फेरि दर्ता प्रक्रियामा समस्या आएको बताए ।

उनले भने, ‘विद्युतीय सवारी साधन बनाइरहेको यात्रीले दर्ता नपाएपछि प्रधानमन्त्रीले निर्देशनमा कार्यविधि संशोधन भयो, दर्ता भयो, सरकारको तारिफ पनि भयो । तर अहिले आएर फेरि दर्ता प्रक्रियामा समस्या देखिएको छ । सरकार भन्छ भ्याट बिल तिरेको ३५ दिनभित्र दर्ता भएन भने जरिवाना लाग्छ । पहिले कानुन थिएन दर्ता भएन, तर अहिले कानुन भयो, दर्ता भयो तर आफैँ ढिलो कानुन बनाउने निकायले के भन्छ भने दर्ता ढिलो किन गरिस् ? तैँले जरिवाना तिर्नुपर्छ । स्वदेशी उत्पादन गर्ने नीति बनाउँछु भन्ने सरकारले असल नियतका साथ काम गरिरहेका उद्यमीहरूलाई निरुत्साहित हुन नदिओस् र आफ्नै नीतिको लाज राखोस् ।’

Tags :
प्रतिक्रिया दिनुहोस