बझाङमा काँग्रेसलाई पछि पार्दै दोस्रोमा  उक्लियो माओवादी  « प्रशासन
Logo ३० बैशाख २०८१, आइतबार
   

बझाङमा काँग्रेसलाई पछि पार्दै दोस्रोमा  उक्लियो माओवादी 


१६ बैशाख २०८१, आइतबार


काठमाडौँ। बझाङ १ (१) मा भएको प्रदेश सभा उपचुनावको मतगणना जारी छ । अहिलेसम्म छबिसपाथिभेरा गाउँपालिका वडा नम्बर १, २, ३, ४, ५ र ६ को मतगणना सकिएको छ ।

अहिलेसम्म दोस्रो स्थानमा रहेको काँग्रेस तेस्रोमा झरेको छ । माओवादी दोस्रोमा उक्लिएको हो ।

६ वटा वडाको मतगणना सकिँदा एमाले उम्मेदवार दमनबहादुर भण्डारी १ हजार ५९२ पाएका छन् । माओवादी उम्मेदवार जनक बुढाले १ हजार मत ल्याएका छन् ।

काँग्रेस उम्मेदवार अभिषेकबहादुर सिंहले ९५५ मत पाएका छन् । नेकपा एकीकृत समाजवादीका दिलबहादुर सिंहले ५७७ र राप्रपाका किशोर खड्काले २० मत पाएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस