सस्तो लोकप्रियताका लागि तथ्य र प्रमाणविना सरकारले कसैलाई छुँदैन : मन्त्री श्रेष्ठ « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

सस्तो लोकप्रियताका लागि तथ्य र प्रमाणविना सरकारले कसैलाई छुँदैन : मन्त्री श्रेष्ठ


४ जेष्ठ २०८०, बिहिबार


काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सस्तो लोकप्रियताका लागि तथ्य र प्रमाणविना सरकारले कसैलाई नछुने बताएका छन् । 

नेकपा माओवादी केन्द्रनिकट प्रवास समन्वय समितिका सदस्य तथा प्रवासमा कार्यरत नेपाली बुद्धिजीवीसँग आज भएको भेटमा उनले यस्तो बताएका हुन् । 

कमिसन र भ्रष्टाचारको जालो तोड्न सरकार निरन्तर लागिपरेको भन्दै उनले यसमा नेपाली ‘डायस्पोरा’को पनि साथ चाहिएको बताए।

उपप्रधानमन्त्री श्रेष्ठले कमिसन र भ्रष्टाचारको अन्त्य नगरी आर्थिक समृद्धि र देश विकास गर्ने कुरा सम्भव नरहेको उल्लेख गर्दै भ्रष्टाचार र अनियमिततामा संलग्न जोसुकै भए पनि सरकारले नछाड्ने दृढता व्यक्त गरे। 

‘प्रमाण पुग्ने दोषी जोसुकै भए पनि सरकारले छाड्दैन’, उनले भने, ‘अनावश्यक र सस्तो लोकप्रियताका लागि तथ्य र प्रमाणविना सरकारले कसैलाई पनि छुँदैन।’

उनले नक्कली भुटानी शरणार्थी प्रकरणमा निर्दोष नपरुन् भन्नेमा सरकार सचेत रहेको बताए। छानबिनलाई निष्कर्षमा पु¥याउन आफूलाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दह्रो साथ दिएको उपप्रधानमन्त्री श्रेष्ठको भनाइ छ।

Tags :
प्रतिक्रिया दिनुहोस