उच्च पदमा सेटिङ्ग मिलाउँछु
धनपतिलाई शरणार्थी बनाई अमेरिका पठाउँछु
काम गर्न म अल्छी गर्छु
धीत फुकाएर अरूको कुरा काट्छु
म कति हो कति राम्रो त धत् !
भनेर मनका कुरा कानेखुसी गर्छु
अरूलाई खसाल्छु रुवाउँछु म हाकिमको नजिक हुन्छु
मुसुक्क मुसकुराउछु
मैले लिएको शपथ एकातिर अनि कर्तव्य अर्कातिर
मेरो सार्वजनिक जीवनको पथ प्रदर्शक म आफै
कुम्लाउछु, लुट्छु, बहाना बनाउँछु
कमाउँछु थाहा छैन कति कति
अब म बुढो हुन्छु
यता दुख्छ उता दुख्छ छाती
लाग्दैन ओखती कुरा सुन्दैन नाति
अब म एक्लै भए बितिन श्रीमती भईन बिमार
कहाँ कति पैसा सम्झिन सक्दिन तर छैन आवश्यक जति
हिजोको म रैन छु आज अरूको भर गरौँ कति कति
अब म मर्छु
मृत्यु शय्यामा खिस्स हाँस्छु देखेर मलामी ताती
त्यो मेरो मलामी साथीको हालत हुँदैन म भन्दा फरक रति
छोरा बुहारी नाति पनाती सम्म व्यवस्था गर्न भ्याए तर गरेनन् माया त्यति
म फेरि जन्मे भने म सबै सुधार्थे
नेपाल आमालाई उन्नत समुन्नत बनाउन लाग्थे
तर म जन्मिन्न म निराश उदास खिन्न विलापमा जाँदै छु नर्क
ए नेता, ए कर्मचारी, ए व्यापारी, ए निर्माण व्यवसायी, ए पत्रकार…… अब त फर्क !