ढाकाको ठाउँमा कंसाकार बनिन् सांसद « प्रशासन
Logo २४ बैशाख २०८१, सोमबार
   

ढाकाको ठाउँमा कंसाकार बनिन् सांसद


२५ बैशाख २०८०, सोमबार


काठमाडौँ । निर्वाचन आयोगले रास्वपाले विन्दवासिनी कंसाकारलाई सांसद बनाएको छ ।

सांसद रहेका ढाकाकुमार श्रेष्ठलाई रास्वपाले कारबाही गरेर उनको ठाउँमा कंसाकारलाई सांसद बनाउन निर्वाचन आयोगमा पत्र दिएको थियो ।

आयोगको राजनीतिक दल व्यवस्थापन शाखा प्रमुख गुरुप्रसाद वाग्लेले श्रेष्ठ निलम्बित भएपछि उनको ठाउँमा रास्वपाले कंसाकारलाई सांसद बनाउन पत्राचार गरेको र सो पत्र अनुसार निर्णय भएको जानकारी दिए । विन्दवासिनी कंसाकार सांसद हुने निर्णय आयोगले अघिल्लो साता नै गरेको हो ।

निर्वाचन आयोगबाट कंसाकारले सांसद भएको प्रमाणपत्र समेत लिइसकेकी छन् । आइतबार उनले सांसद पदमा निर्वाचित भएको प्रमाणपत्र बुझेको आयोगले जनाएको छ ।

साथसाथै, आयोगले कंसाकार सांसद निर्वाचित भएको जानकारीसहितको पत्र संघीय संसद सचिवालयलाई पठाइसकेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस