अब प्रतिनिधि सभा सांसदहरूको ई-हाजिरी हुने « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

अब प्रतिनिधि सभा सांसदहरूको ई-हाजिरी हुने


२४ बैशाख २०८०, आइतबार


काठमाडौँ । प्रतिनिधि सभाका सांसदहरूको अब विद्युतीय हाजिरी हुने भएको छ । प्रतिनिधि सभा कार्यव्यवस्था समितिले यो अधिवेशनबाटै इलेक्ट्रोनिक हाजिरीको व्यवस्था गर्ने निर्णय भएको जानकारी दिएको छ ।

यसअघि सांसदहरूको हाजिरी रजिस्टरमा हुँदै आएको थियो । प्रतिनिधि सभा कार्यव्यवस्था समितिको आइतबारको बैठकले अबदेखि सांसदहरूको हाजिरी संसद्‌को वेबसाइटमार्फत सोही दिन सार्वजनिक पनि गरिने सभामुख देवराज घिमिरेले जानकारी दिएका छन् ।

सांसदहरूको विद्युतीय हाजिरीको व्यवस्था नहुँदा उपस्थित–अनुपस्थित सांसदबारे जानकारी नहुने र कोरम समेत नपुग्नेजस्ता समस्या हुँदै आएको थियो । विद्युतीय हाजिरीपछि उक्त समस्या हट्ने सभामुखले बताएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस