नेविसंघ र तरुण दल केन्द्रीय समितिको आकार बढाउने तयारी  « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

नेविसंघ र तरुण दल केन्द्रीय समितिको आकार बढाउने तयारी 


२२ बैशाख २०८०, शुक्रबार


काठमाडौँ । नेपाली काँग्रेसले भातृ सङ्गठन नेविसंघ र तरुण दलको केन्द्रीय समितिको आकार बढाउने भएको छ ।

सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा बसेको पदाधिकारी बैठकले भातृ संस्थामा बस्ने आकाङ्क्षी धेरै भएकाले केन्द्रीय समितिको आकार बढाउने सहमति गरेको छ ।

सहमति अनुसार नेविसंघको केन्द्रीय समिति ३०० सदस्यीय भन्दा ठूलो हुने छ । यस्तै तरुण दलमा २०० को हाराहारीमा सदस्य रहने छन् ।

नेविसंघ दुजाङ शेर्पा, तरुण दलमा विद्वान गुरुङ, महिला संघमा उषा मिश्र अध्यक्षमा मनोनीत भए पनि अरु पदाधिकारी र सदस्यहरू चयन भएका छैनन् ।

आजको बैठकमा नेताहरुले भातृ संस्थामा सदस्य र पदाधिकारी बनाउन आफ्नो गुट र समूहका तर्फबाट नाम पेस गरेका थिए । यसरी नाम धेरै आएकाले आकार बढाउन लागिएको बैठकमा सहभागी एक नेताले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस