कर्णाली प्रदेश सभाको हिउँदे अधिवेशन अन्त्य « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

कर्णाली प्रदेश सभाको हिउँदे अधिवेशन अन्त्य


१७ बैशाख २०८०, आइतबार


सुर्खेत । कर्णाली प्रदेश सभाको दोस्रो कार्यकाल अन्तर्गतको पहिलो हिउँदे अधिवेशन अन्त्य भएको छ ।

आइतबार दिउँसो नै बसेको मन्त्रिपरिषद्को बैठकले अधिवेशन अन्त्य गर्ने निर्णय गरेको हो । उक्त निर्णय गरेसँगै मुख्यमन्त्री राजकुमार शर्माले प्रदेश प्रमुख समक्ष सिफारिस पत्र बुझाएका थिए ।

प्रदेश प्रमुख तिलक परियारले संविधानको धारा १८३ को उपधारा २ बमोजिम आइतबार राति १२ बजेदेखि अधिवेशन अन्त्य गरेका छन् ।

चालु अधिवेशन अन्तर्गत अहिलेसम्म १५ वटा बैठक बसेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस