अर्थमन्त्रीसँग जर्मनीका राजदूतले गरे भेट « प्रशासन
Logo २४ बैशाख २०८१, सोमबार
   

अर्थमन्त्रीसँग जर्मनीका राजदूतले गरे भेट


१५ बैशाख २०८०, शुक्रबार


काठमाडौँ । अर्थमन्त्री डा. प्रकाशशरण महतसँग नेपालका लागि जर्मनीका राजदूत डा. थोमस प्रिन्जले भेट गरेका छन् । 

शुक्रबार भएको भेटमा राजदूत प्रिन्जले नेपालमा स्वच्छ ऊर्जा, प्रसारणलाइन बनाउने लगायतका क्षेत्रमा सहयोग गर्ने बताएको अर्थमन्त्रीको सचिवालयले जनाएको छ । नेपालमा औषधिजन्य उद्योगमा लगानी गर्न पनि राजदूत प्रिन्जले रुचि देखाएको सचिवालयको भनाइ छ ।

भेटमा अर्थमन्त्री डा. महतले नेपालमा धेरै लगानी भित्र्याउने वातावरण बनाउने प्रतिबद्धता व्यक्त गरेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस