गण्डकीका नवनियुक्त मुख्यमन्त्री पाण्डेद्वारा शपथ ग्रहण « प्रशासन
Logo २४ बैशाख २०८१, सोमबार
   

गण्डकीका नवनियुक्त मुख्यमन्त्री पाण्डेद्वारा शपथ ग्रहण


१५ बैशाख २०८०, शुक्रबार


काठमाडौँ । गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।

शुक्रबार प्रदेश प्रमुख पृथ्वीमान गुरुङले पाण्डेलाई शपथ गराएका हुन् । नेपाली काँग्रेस संसदीय दलका नेतासमेत रहेका पाण्डे बिहीबार मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

पाण्डेलाई काँग्रेसका २७, माओवादी केन्द्रका सात र दीपक मनाङेको समर्थन छ ।

Tags :
प्रतिक्रिया दिनुहोस