वैदेशिक अध्ययनसम्बन्धी निर्देशिका खारेज गर्न माग « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

वैदेशिक अध्ययनसम्बन्धी निर्देशिका खारेज गर्न माग


१४ बैशाख २०८०, बिहिबार


काठमाडौँ । वैदेशिक अध्ययन स्वीकृति सम्बन्धी निर्देशिका, २०७९ खारेज गर्न माग गरिएको छ । शैक्षिक परामर्श केन्द्रहरूले विद्यार्थीहरूले रोजेको शैक्षिक संस्था र शैक्षिक कार्यक्रममा रोक लगाउन सक्ने भएकाले सरकारकाले हालै ल्याएको निर्देशिका खारेज गर्नुपर्ने माग गरेका हुन् ।

बिहीबार शैक्षिक परामर्श केन्द्रका प्रतिनिधिमूलक सङ्गठनहरूले पत्रकार सम्मेलन गर्दै विदेश पढ्न जानेहरूका लागि विदेशका विश्वविद्यालय, शैक्षिक संस्था, शैक्षिक कार्यक्रमहरू सूचीकृत गर्ने समितिमा शैक्षिक परामर्श केन्द्रहरूको प्रतिनिधित्व नगराइएकामा आपत्ति जनाएका छन्।

ईक्यानका अध्यक्ष प्रकाश पाण्डेले वैदेशिक अध्ययन परामर्श केन्द्रहरू सूचीकृत गर्ने समितिमा प्रतिनिधित्व गराउन नचाहनुले निर्देशिका सही मनसायबाट ल्याएको नदेखिएको बताएका छन् । 

Tags :
प्रतिक्रिया दिनुहोस