सेमिफाइनलमा नेपाल र कुवेत भिड्ने  « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

सेमिफाइनलमा नेपाल र कुवेत भिड्ने 


१४ बैशाख २०८०, बिहिबार


काठमाडौँ । एसिसी प्रिमियर कपको सेमिफाइनल समीकरण पूरा भएको छ। मुलपानी मैदानमा समूह ‘बी’ को अन्तिम खेलमा कुवेतले हङकङलाई ३० रनले पराजित गरेसँगै सेमिफाइनल समीकरण पूरा भएको हो। 

कुवेतले दिएको २७३ रनको लक्ष्य पछ्याएको हङकङ अन्तिम बलमा २४२ रनमा अलआउट भयो। जितसँगै कुवेत अन्तिम चारमा पुग्दा हङकङ भने बाहिरियो।

समूह ‘ए’ बाट नेपाल समूह विजेता र ओमान उपविजेता बनेर अन्तिम चारमा पुगे। बिहीबार हङकङलाई पराजित गरेको कुवेत समूह ‘बी’ को उपविजेता बनेर अन्तिम चारमा पुग्यो। समूहमा युएई भने विजेता बन्यो। 

अब सेमिफाइनलमा नेपाल र कुवेत तथा युएई र ओमानबीच खेल हुनेछ। दुवै सेमिफाइनल आगामी शनिबार हुनेछन्।

समूहमा नेपालले ७ अङ्क जोड्दा ओमानले ६ अङ्क जोड्यो। यस्तै समूह ‘बी’ मा युएई र कुवेतले समान ६/६ अङ्क जोडे। रनरेटमा युएई अघि रह्यो। ५ अङ्क जोडेको हङकङ भने बाहिरियो।

फाइनल आगामी सोमबार हुनेछ भने आइतबार तेस्रो स्थानका लागि प्रतिस्पर्धा हुनेछ। प्रतियोगिताको फाइनल जित्ने टिम एसिया कपमा छनोट हुनेछ। एसिया कपमा प्रिमियर कप च्याम्पियन टिम भारत र पाकिस्तान सम्मिलित समूहमा पर्नेछ।

Tags :
प्रतिक्रिया दिनुहोस