सच्चिएर गुमेको विरासत फर्काउँछौँ : जीतनारायण श्रेष्ठ « प्रशासन
Logo २५ बैशाख २०८१, मंगलबार
   

सच्चिएर गुमेको विरासत फर्काउँछौँ : जीतनारायण श्रेष्ठ


१४ बैशाख २०८०, बिहिबार


काठमाडैँ । नेपाली काँग्रेसका नेता जीतनारायण श्रेष्ठले सङ्गठित भएर गुमेको विरासत फर्काउन लाग्ने बताएका छन्।

चितवन-२ को उप-निर्वाचनमा पराजित भएका श्रेष्ठले निर्वाचनको परिणामको विषयमा दोषारोपण नगर्न आग्रहसमेत आग्रह गरेका छन् । 

पार्टी जिल्ला कार्यालयमा उपस्थित नेता तथा कार्यकर्तालाई धन्यवाद दिँदै उनले पराजयले आफ्नो यात्रा कमजोर नभई झन् बलियो भएको बताए ।

‘हामी कसैको विरोध नगरी सङ्गठन बलियो बनाउन लाग्नुपर्छ। सकिने होइन, अब सच्चिने हो,’ श्रेष्ठले भने, ‘केन्द्र या जिल्ला सच्चिने भन्ने होइन। म सच्चिने, हामी सच्चिने हो। सक्किन हामीलाई मन्जुर छैन, सच्चिनुको विकल्प छैन।’

श्रेष्ठले मत नदिने कार्यकर्तालाई पनि राखेर छलफल गर्ने बताए।

श्रेष्ठ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति  रवि लामिछानेसँग पराजित भएका हुन्।

Tags :
प्रतिक्रिया दिनुहोस