सबै समेटिन्छ, कोशी प्रदेश नाम ठिक छ : ओली  « प्रशासन
Logo २६ बैशाख २०८१, बुधबार
   

सबै समेटिन्छ, कोशी प्रदेश नाम ठिक छ : ओली 


१४ बैशाख २०८०, बिहिबार


काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी ओलीले कोशी प्रदेशको नाम ठिक भएको बताएका छन्। 

बिहीबार मिसन ग्राँसरूट लेभल अभियानको क्रममा इलाम पुगेका ओलीले प्रदेशको नाम कोशी ठिक भएको बताएका हुन्। 

‘कोशी प्रदेश सभाले कोशी प्रदेश नामाकरण गर्‍यो, म कोशी प्रदेश सांसद पनि होइन। अनि म आफ्नो भ्रमणमा हिँडिरहेको छु, कार्यक्रममा हिँडिरहेको छु, जनता भेटिरहेको छु,’ उनले भने, ‘कसलाई टाउको किन दुख्ने ? जहाँसम्म कुरा छ कोशी प्रदेश ठिक थियो कि थिएन, यो बिल्कुल ठिक थियो। यो साझा नाम हो, सबैका लागि छ। यसलाई एउटा अर्को भन्ने कुरै छैन।’

कोशी नाममै सबै जातजातिहरू समेटिने भएकाले यसलाई इगोको विषय बनाएर विवाद उत्पन्न गर्न नहुने बताए। 

‘कोशी भित्र डाँफेमुनाल समेटिन्छ, मयुर समेटिन्छ, शेर्पा-लेप्चा, तामाङ-भोटे,  खोँच हिमाल, राजवंशी, थारू तिनीहरू पनि समेटिन्छन्। त्यसकारण यसलाई इगोको विषय बनाउने होइन,’ उनले भने, ‘सबैका निम्ति साझा के हुनसक्छ भनेर कोशी प्रदेशले बनायो।’

कोशी प्रदेशको नामबारे विरोध गर्नुपर्ने कुनै कारण नभएको र यदि असहमति नै भए चुनाव जितेर आइ परिवर्तन गर्न समेत उनले बताए।

Tags :
प्रतिक्रिया दिनुहोस