बागमती प्रदेश सभाको हिउँदे अधिवेशन अन्त्य « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

बागमती प्रदेश सभाको हिउँदे अधिवेशन अन्त्य


१३ बैशाख २०८०, बुधबार


काठमाडौँ । बागमती प्रदेश सभाको हिउँदे अधिवेशन अन्त्य गर्ने निर्णय भएको छ । आज अपराह्न बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले अधिवेशन अन्त्य गर्ने निर्णय गरेको हो । 

प्रदेश सरकारका प्रवक्ता एवं आर्थिक मामिला तथा कानूनमन्त्री गङ्गानारायण श्रेष्ठका अनुसार बैठकले प्रदेश सरकारी कामकाजको भाषासम्बन्धी विधेयकको मस्यौदा तयारीका लागि सैद्धान्तिक स्वीकृति दिने निर्णय गरेको छ । 

यसैगरी बैठकले युवा वैज्ञानिक कोष सञ्चालन विधेयकको मस्यौदा तयारीको सैद्धान्तिक स्वीकृति दिने निर्णय पनि गरेको सरकारका प्रवक्ता श्रेष्ठले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस