राप्रपाका तीनै उम्मेदवारको धरौटी जफत « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

राप्रपाका तीनै उम्मेदवारको धरौटी जफत


१३ बैशाख २०८०, बुधबार


काठमाडौँ । वैशाख १० मा भएको उपनिर्वाचनमा राप्रपाका ३ वटै उम्मेदवारको धरौटीसमेत जफत भएको छ।

तनहुँ क्षेत्र नम्बर १ मा शोभा गुरुङ, चितवन क्षेत्र नम्बर २ मा जीवलाल पुरी र बारा क्षेत्र नम्बर २ मा सोनालाल प्रसाद सा तेलीको धरौटी जफत भएको हो ।

राप्रपाका यी तीनै जना उम्मेदवारले थौरै मात्रै मत पाएका छन्।

तनहुँ १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का स्वर्णिम वाग्ले ३४ हजार ९ सय १९ मतसहित विजयी हुँदा राप्रपा उम्मेदवार गुरुङले २ सय १८ मत मात्रै पाएकी थिइन्।

चितवन २ मा रास्वपा सभापति रवि लामिछाने ५४ हजार ९ सय ७६ मतसहित निर्वाचित हुँदा यो क्षेत्रमा राप्रपा उम्मेदवार रहेका पुरीले जम्मा ३ सय ७५ मत मात्रै ल्याएका छन्।

यसैगरी बारा क्षेत्र नम्बर २ मा सत्ता गठबन्धनबाट साझा उम्मेदवार रहेका जसपा अध्यक्ष उपेन्द्र यादव २८ हजार ४ सय १५ मतसहित निर्वाचित हुँदा राप्रपा उम्मेदवार तेलीले जम्मा १ सय १९ मत मात्रै ल्याएका थिए।

Tags :
प्रतिक्रिया दिनुहोस