सबै पार्टीले समीक्षा गर्नुपर्ने बेला आयो : माधव नेपाल « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

सबै पार्टीले समीक्षा गर्नुपर्ने बेला आयो : माधव नेपाल


१२ बैशाख २०८०, मंगलबार


काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव कुमार नेपालले उपनिर्वाचनको परिणामका विषयमा सबैले पार्टीभित्र समीक्षा गर्नुपर्ने बेला आएको बताएका छन् । 

मंगलबार संघीय संसद् भवनमा सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष नेपालले निर्वाचनमा जनताको झुकावहरू किन परिवर्तन भइरहेको भनेर विश्लेषण गरेर आफूमा भएको कमी कमजोरी सुधार गरेर अघि बढ्नुपर्ने बताए । 

अब गम्भीर नभए र कमी कमजोरी सुधार गर्न नसके जनताले विश्वास गर्न नसक्ने उनको भनाइ छ । 

अध्यक्ष नेपालले निर्वाचनपछि सबैको परीक्षाको घडी सुरु भएको भन्दै पटक-पटकको परीक्षा उत्तीर्ण हुन नसके जनताको विश्वास कुनै दिन पनि गुम्न सक्ने बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस