देशैभरका एम्बुलेन्स सेवालाई एकीकृत प्रणालीमा आबद्ध गर्ने तयारी « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

देशैभरका एम्बुलेन्स सेवालाई एकीकृत प्रणालीमा आबद्ध गर्ने तयारी


१२ बैशाख २०८०, मंगलबार


काठमाडौँ । देशैभर सञ्चालनमा रहेका एम्बुलेन्स सेवालाई अब एकीकृत प्रणालीमा आबद्ध गरिने भएको छ । सो प्रयोजनका लागि राष्ट्रिय विकास समस्या समाधान समितिको ५० औँ बैठकले राष्ट्रिय योजना आयोगका स्वास्थ्य क्षेत्र हेर्ने सदस्यको संयोजकत्वमा अध्ययन समिति गठन गरेको छ । 

समितिले तीन महिना भित्र यो प्रणाली कार्यान्वयनमा ल्याउन आवश्यक व्यवस्था मिलाउने जिम्मेवारी पाएको छ ।

समितिमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, गृह मन्त्रालय र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रतिनिधि सदस्य रहने गरी व्यवस्था गरिएको छ ।

देशभर छरिएर रहेका एम्बुलेन्स सेवाको एकीकृत प्रणालीमा आबद्ध हुन नसक्दा सेवा प्रभावकारी नभएको भन्दै सरकारले देशभरका सबै निकाय र संस्थाबाट सञ्चालित एम्बुलेन्सलाई एकीकृत प्रणालीमा आबद्ध गराउने निर्णय गरेको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस