चितवन-२ को मतगणनास्थलमा प्रजिअ पौडेल नजाने « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

चितवन-२ को मतगणनास्थलमा प्रजिअ पौडेल नजाने


११ बैशाख २०८०, सोमबार


काठमाडौँ । चितवन क्षेत्र नम्बर २ को मतगणनास्थलमा प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेल नजाने भएका छन्। 

सर्वदलीय बैठकमा सिडिओ पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछानेलाई सघाएको नेपाली काँग्रेसले आरोप लगाएपछि उनी नजाने भएका हुन् । 

सोमबार बिहान बसेको सर्वदलीय बैठकमा काँग्रेसका चितवन सभापति राजेश्वर खनालले सिडिओ पौडेल मतगणना स्थलमा आउन नहुने बताएपछि उनको मागमा सिडिओ पौडेल सहमत भएका छन् । दिउँसो १ बजेबाट मत गणना सुरु हुने भएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस