गण्डकीमा भोलिसम्म नयाँ सरकार बन्ने  « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

गण्डकीमा भोलिसम्म नयाँ सरकार बन्ने 


९ बैशाख २०८०, शनिबार


काठमाडौँ । नेपाली काँग्रेसको गण्डकी प्रदेश सभा संसदीय दलका नेता सुरेन्द्र पाण्डेले भोलिसम्म नयाँ सरकार बन्ने दाबी गरेका छन् । 

शनिबार मुख्यमन्त्री खगराज अधिकारीले प्रदेशसभामा विश्वासको मत नपाएर पदमुक्त भएका छन् । प्रदेशसभाको बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै पाण्डेले प्रदेश प्रमुखले छिटै सरकार गठनको आह्वान गर्ने र आइतबारसम्म नयाँ सरकार बन्ने बताएका हुन् ।

अब संविधानको धारा १६८ (२) अनुसार दुई वा दुई भन्दा बढी दलको सहमतिमा मिलीजुली सरकार बन्छ कि १६८ (३) अनुसार ठूलो दलको नेताको हैसियतमा काँग्रेस संसदीय दलका नेतालाई प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गर्छन् भन्ने अन्योल छ ।

Tags :
प्रतिक्रिया दिनुहोस