एसइई नतिजा असार तेस्रो साताभित्र प्रकाशन गर्ने तयारी  « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

एसइई नतिजा असार तेस्रो साताभित्र प्रकाशन गर्ने तयारी 


७ बैशाख २०८०, बिहिबार


काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा आगामी असार तेस्रो साताभित्र प्रकाशन गर्ने भएको छ । 

यो समयभन्दा अगाडि नै नतिजा प्रकाशन गर्ने योजनासहित अहिले काम गरिरहेको परीक्षा बोर्डले जनाएको छ । 

२०७९ को एसइई परीक्षा गत चैत १७ गते शुरु भएर २९ गते सकिएको थियो। परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म भएको थियो। एसइई परीक्षामा ५ लाख १६ हजार ५९१ जना परीक्षार्थीहरू सहभागी भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस