कर्मचारी र जनप्रतिनिधिले छोराछोरी सामुदायिक विद्यालयमा नपढाए सेवा सुविधा कटौती गरिने  « प्रशासन
Logo ११ आश्विन २०८०, बिहिबार
   

कर्मचारी र जनप्रतिनिधिले छोराछोरी सामुदायिक विद्यालयमा नपढाए सेवा सुविधा कटौती गरिने 


५ बैशाख २०८०, मंगलबार


काठमाडौँ । दार्चुलाको दुहुँ गाउँपालिकाले शिक्षक, कर्मचारी र जनप्रतिनिधिले आफ्ना छोराछोरी अनिवार्य रूपमा सामुदायिक विद्यालयमा पढाउनुपर्ने निर्णय गरेको छ । 

सामुदायिक विद्यालयप्रति आकर्षण बढाउन गाउँपालिकाले चालू शैक्षिक सत्रबाट अनिवार्य रूपमा सामुदायिक विद्यालयमा पढाउनुपर्ने निर्णय गरेको हो।

दुहुँ गाउँ कार्यपालिकाको वैशाख ४ गते बसेको बैठकको निर्णय अनुसार अनुसार गाउँपालिकाभित्रका सामुदायिक विद्यालयमा कार्यरत शिक्षक, कर्मचारी, निजामती कर्मचारी, निर्वाचित जनप्रतिनिधि, सामुदायिक विद्यालय व्यवस्थापन समिति तथा शिक्षक अभिभावक सङ्घका पदाधिकारीहरूले अनिवार्य रूपमा सामुदायिक विद्यालयमा बालबालिका पढाउनुपर्ने छ।

गाउँ कार्यपालिकाले गरेको निर्णय कार्यान्वयन नभए पालिकाबाट प्रदान हुने सेवा सुविधा कटौती हुने गाउँपालिकाले जनाएको छ । 

Tags :
प्रतिक्रिया दिनुहोस