आगलागी नियन्त्रणमा गम्भीरतापूर्वक क्रियाशील हुन सरकारको निर्देशन « प्रशासन
Logo २२ बैशाख २०८१, शनिबार
   

आगलागी नियन्त्रणमा गम्भीरतापूर्वक क्रियाशील हुन सरकारको निर्देशन


१३ बैशाख २०८१, बिहिबार


काठमाडौँ । सरकारले आगलागी र डढेलोका कारण भइरहेको क्षति न्यूनीकरण गर्न सम्बन्धित निकायलाई गम्भीरतापूर्वक क्रियाशील हुन निर्देशन दिएको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्देशन दिएको हो । पछिल्लो समय देशभर डढेलो र आगलागीबाट ठूलो जनधनको क्षति भइरहेको छ । 

वैशाख महिनाको १२ दिनको तथ्याङ्क हेर्ने हो भने आगलागीमा परेर आठ जनाको मृत्यु भएको छ । १९ करोड बढीको क्षति भइसकेको छ । डढेलोका कारण वन र पर्यावरणको विनाशसँगै जनधनको ठूलो क्षति भएको हो ।

सम्बन्धित समाचार : आगलागी र डढेलोको भयावह : नियन्त्रण र न्यूनीकरणका लागि संस्थागत संरचना र दक्ष जनशक्ति आवश्यक

Tags :
प्रतिक्रिया दिनुहोस