राष्ट्रपति पौडेलले गरेनन् पूर्व सभामुखको हैसियतमा लिएको गाडी फिर्ता « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

राष्ट्रपति पौडेलले गरेनन् पूर्व सभामुखको हैसियतमा लिएको गाडी फिर्ता


५ बैशाख २०८०, मंगलबार


काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले लिएको सरकारी सुविधाको गाडी फिर्ता नगरेको पाइएको छ ।

राष्ट्रपति पौडेलले पूर्व सभामुखको हैसियतमा लिएको सरकारी सुविधाको गाडी फिर्ता नगरेका हुन् ।

२५ फागुनमा राष्ट्रपतिमा निर्वाचित भएका पौडेलले पूर्व सभामुखको हैसियतमा संसद सचिवालयबाट लिएको गाडी ५ वैशाखसम्म फिर्ता नगरेको संसद सचिवालयले जनाएको छ ।

उक्त गाडी फिर्ता गराउन पहल भइरहेको सचिवालयले जनाउको छ ।

संघीय संसद्का पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक र सुविधा सम्बन्धी ऐनमा सवारी साधन तथा इन्धन सुविधा सम्बन्धी व्यवस्था छ । ऐनको दफा ७ को उपदफा ३ मा भनिएको छ, ‘पदाधिकारीले यस दफा बमोजिम पाउने सवारी साधन आफ्नो पदावधि समाप्त भएको मितिले सात दिनसम्म प्रयोग गर्न सक्नेछ ।’

पौडेल राष्ट्रपति निर्वाचित भएको ४० दिन पुगिसकेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस