आन्तरिक उडानका लागी ३ वटा जहाज किन्ने नेपाल एयरलाइन्सको तयारी  « प्रशासन
Logo २६ बैशाख २०८१, बुधबार
   

आन्तरिक उडानका लागी ३ वटा जहाज किन्ने नेपाल एयरलाइन्सको तयारी 


४ बैशाख २०८०, सोमबार


काठमाडौँ । दुर्गम क्षेत्रमा उडान बढाउनका लागि नेपाल एयरलाइन्सले तीन वटा साना जहाज किन्ने भएको छ । तीन वटा जहाज निगमले आफ्नै आन्तरिक स्रोतबाट पारदर्शी रूपले निर्माता कम्पनीसँग खरिद गर्न लागेको हो ।

निगमले नयाँ तीन वटा जहाज खरिद गरेपछि नेपालका दुर्गम क्षेत्रमा अझै धेरै यात्रुलाई सेवा प्रदान गर्न सकिने जनाएको छ ।

निगमले जहाज किन्न उपसमिति बनाएको थियो । उक्त समितिले दुर्गम क्षेत्रका नागरिकको माग सम्बोधन र हवाई कनेक्टिभिटी बढाउन तीन वटा जहाज किन्नुपर्ने निष्कर्षसहितको प्रतिवेदन निगम व्यवस्थापनलाई बुझाइसकेको छ ।

विशेष पहल गरी यथाशक्य छिटो जहाज खरिद कार्य सम्पन्न गर्नका लागि निगम सञ्चालक समितिले सञ्चालक समितिका सदस्य वरिष्ठ क्याप्टेन सुधिरशमशेर राईको संयोजकत्वमा सात सदस्यीय उपसमिति गठन गरेको छ । यो उपसमितिले कामसमेत सुरु गरिसकेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस