सियारी गाउँपालिका अध्यक्ष घिमिरेको घरपछाडि राखिएको प्रेसर कुकर बम डिस्पोज « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

सियारी गाउँपालिका अध्यक्ष घिमिरेको घरपछाडि राखिएको प्रेसर कुकर बम डिस्पोज


२ बैशाख २०८०, शनिबार


बुटवल । रुपन्देहीको सियारी गाउँपालिका अध्यक्ष थानेश्वर घिमिरेको घर पछाडि राखिएको प्रेसर कुकर बम नेपाली सेनाको टोलीले डिस्पोज गरेको छ ।

नेपाली काँग्रेस रुपन्देहीका उपसभापति समेत रहेका अध्यक्ष घिमिरेको सियारी-६ स्थित घरको पछाडिपट्टि सिमेन्टको बोराभित्र राखिएको बम शनिबार दिउँसो १२ बजेतिर नेपाली सेनाको टोलीले डिस्पोज गरेको हो ।

बम राखेको ठाउँमा मधेस पिपुल्स पार्टीको नाममा पर्चाहरू भेटिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस