माओवादीद्वारा पार्टी संसदीय दलको विधान संशोधनका लागि कार्यदल गठन « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

माओवादीद्वारा पार्टी संसदीय दलको विधान संशोधनका लागि कार्यदल गठन


२८ चैत्र २०७९, मंगलबार


काठमाडौँ । सत्तारुढ नेकपा (माओवादी केन्द्र)ले पार्टी संसदीय दलको विधान संशोधनका लागि पाँच सदस्यीय कार्य दल बनाएको छ । 

मङ्गलवार सिंहदरवारमा बसेको पार्टी संसदीय दलको बैठकले संसदीय दलको विधान संशोधनका लागि पार्टीका प्रमुख सचेतक हितराज पाण्डेको संयोजकत्वमा प्रतिनिधिसभाका सांसदहरु पूर्ण घर्ती र विमला सुवेदी तथा राष्ट्रियसभाका सांसदहरु जगप्रसाद शर्मा र गङ्गा बेलवासे सदस्य रहेको कार्य दल गठन गरेको हो । 

अहिलेको समग्र परिस्थितिलाई हेरेर पार्टी संसदीय दलको विधान संशोधनका लागि सो कार्यदल बनाउने निर्णय गरिएको पार्टीको प्रमुख सचेतक पाण्डेले बताए । कार्यदललाई १ महिना भित्र पार्टी संसदीय दलको विधान संशोधनका लागि आवश्यक सुझावसहितको प्रतिवेदन दलको बैठकमा पेस गर्ने कार्यादेश पनि दिइएको छ । 

त्यसैगरी बैठकले संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक छिटो संसदबाट पारित गराउन माग गर्ने निर्णय पनि गरेको छ । 

Tags :
प्रतिक्रिया दिनुहोस