फोहोर नउठाएकोमा बालेनसँग छलफल गर्ने सरकारको निर्णय  « प्रशासन
Logo ४ जेष्ठ २०८१, शुक्रबार
   

फोहोर नउठाएकोमा बालेनसँग छलफल गर्ने सरकारको निर्णय 


२८ चैत्र २०७९, मंगलबार


काठमाडौँ । सरकारले सिंहदरवार, बालुवाटार र शीतलनिवासको फोहोर नउठाएको सन्दर्भमा काठमाडौँ महानगरका मेयर बालेन साहसँग आवश्यक छलफल गर्ने भएको छ । 

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले मेयर बालेन साहले सिंहदरवार र शीतलनिवासको फोहोर नउठाउने भनेर गरेको घोषणालाई गम्भीर रूपमा लिँदै आवश्यक कुराकानी र छलफल गर्ने निर्णय गरेको हो ।

सरकारका प्रवक्ता रेखा शर्माले त्यसबारे मेयर साहसँग आवश्यक कुरा गर्ने निर्णय भएको बताइन् । मेयर बालेन शाहले शनिबार सिंहदरवारको फोहोर नउठाउने घोषणा गरेका थिए । सोही अनुसार त्यसयता सिंहदरबार, शीतलनिवास र बालुवाटारको फोहोर उठेको छैन ।

Tags :
प्रतिक्रिया दिनुहोस