एक महिनामै १ खर्ब ४ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रियो  « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

एक महिनामै १ खर्ब ४ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रियो 


२८ चैत्र २०७९, मंगलबार


काठमाडौँ । नेपाल राष्ट्र बैंकले फागुन महिनामा विदेशबाट १ खर्ब ४ अर्ब ४४ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको जनाएको छ । मङ्गलवार देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक गर्दै केन्द्रीय बैंकले फागुन महिनामा मात्रै १ खर्ब ४ अर्बभन्दा धेरै रेमिट्यान्स भित्रिएको जानकारी दिएको हो ।

केन्द्रीय बैंकको तथ्यांकअनुसार माघ महिनासम्म विदेशबाट ६ खर्ब ८९ अर्ब ८८ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको थियो । जबकि, फागुन महिनाको अन्त्यसम्म रेमिट्यान्स भित्रिने क्रम बढेर ७ खर्ब ९४ अर्ब ३२ करोड रुपैयाँ भित्रिएको हो ।

नेपालबाट वैदेशिक रोजगारीका लागि युवाहरू बिदेसिने क्रम बढेपछि रेमिट्यान्स आप्रवाह समेत बढेको केन्द्रीय बैंकले जनाएको छ । 

यस अवधिमा श्रम स्वीकृत लिने युवाहरूको संख्या ३ लाख ५१ हजार ७६१ पुगेको छ । यस्तै, पुनः श्रम स्वीकृत लिने युवाको संख्या १ लाख ९२ हजार ५५९ जना छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस