सेवा बन्द नगर्न स्मार्ट टेलिकमलाई दूरसञ्चार प्राधिकरणको निर्देशन « प्रशासन
Logo २५ बैशाख २०८१, मंगलबार
   

सेवा बन्द नगर्न स्मार्ट टेलिकमलाई दूरसञ्चार प्राधिकरणको निर्देशन


२८ चैत्र २०७९, मंगलबार


काठमाडौँ । नेपाल दूरसञ्चार प्राधिकरणले स्मार्ट टेलिकमलाई सेवा चुस्त दुरुस्त बनाउन निर्देशन दिएको छ ।

दूरसञ्चारले आज सूचना जारी गर्दै स्मार्टका सेवाहरू देशका केही स्थानमा नचलेको पाइएकोले सञ्चालनमा ल्याउन निर्देशन दिएको हो ।

दूरसञ्चार सेवा अति आवश्यक सेवाको रूपमा वर्गीकरण गरिएकोले अनुमति पत्र बहाल हुँदासम्म सेवा बन्द गर्न नपाइने प्राधिकरणले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस