सरकारी टोली र मिटरब्याज पीडितबीच आजपनि वार्ता « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

सरकारी टोली र मिटरब्याज पीडितबीच आजपनि वार्ता


२८ चैत्र २०७९, मंगलबार


काठमाडौँ । आन्दोलनरत मिटरब्याज पीडित र गृह मन्त्रालयका प्रतिनिधिबीच आज पुनः वार्ता हुने भएको छ ।

गृह मन्त्रालयका सह सचिव प्रदीप कोइरालाको नेतृत्वको सरकारी वार्ता टोली र मिटरब्याजविरुद्ध किसान-मजदुर सङ्घर्ष समितिबीच मंगलबार पनि वार्ता हुन लागेको हो ।

सङ्घर्ष समितिले अघि सारेका मागका बारेमा आइतबार र सोमबार दुई दिनसम्म छलफल भए पनि सहमति नभए पछि मंगलबार पुनः छलफल गर्न लागिएको संयोजक अबधेस कुशवाहले जानकारी दिए ।

उनका अनुसार मिटर ब्याजसँग सम्बन्धित सम्पूर्ण फर्जी लिखत तमसुक, दृष्टि बन्धक, रजिस्ट्रेसन र चेकलगायत मन्त्रीपरिषद् निर्णयबाट अवैध घोषणा गर्दै पीडितलाई क्षतिपूर्तिको व्यवस्था गर्नुपर्नेलगायत ६ बुँदे मागमा सरकारी वार्ता टोली समक्ष राखिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस