इन्डियन प्रिमियर लिग : बेङ्लोरविरुद्ध लखनउको रोमाञ्चक जित « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

इन्डियन प्रिमियर लिग : बेङ्लोरविरुद्ध लखनउको रोमाञ्चक जित


२८ चैत्र २०७९, मंगलबार


काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) मा लखनउ सुपर जायन्ट्सले रोयल च्यालेन्जर्स बेङ्लोरविरुद्ध १ विकेटको रोमाञ्चक जित हात पार्न सफल भएको छ ।

सोमबार एमए चिदम्बरम रङ्गशालामा भएको खेलमा बेङ्लोरले प्रस्तुत गरेको २ सय१३ रनको विशाल लक्ष्य लखनउले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर पूरा गरेको थियो । त्यसअघि टस हारेपछि ब्याटिङमा आएको बेङ्लोरले निर्धारित २० ओभरमा २ विकेट गुमाएर २ सय १२ रनको योगफल बनाएको थियो ।

त्यस्तैगरी लखनउको जितमा विस्फोटक ब्याटिङ गरेका निकोलस पुरनले १९ बलमा ६२ रन बनाएका थिए । पुरनले ४ चौका र ७ छक्का प्रहार गरे । त्यस्तै, मार्कुस स्टोइनिसले ३० बलमा ६ चौका र पाँच छक्कासहित ६५ रन बनाए । आयुश बडोनीले ३० र कप्तान लोकेश राहुलले १८ रन बनाएका थिए । बेङ्लोरका मोहम्मद सिराज र बाइन पर्नेलले समान ३ विकेट लिए ।

हर्षल पटेलले दुई र कर्ण शर्माले एक विकेट लिए ।त्यसअघि बेङ्लोरका कप्तान फाफ डु प्लेसिसले ७९ रन बनाएका थिए । विराट कोहलीले ६१ र ग्लेन म्याक्सवेलले ५९ रन बनाए । लखनउका मार्क उड र अमित मिश्राले १/१विकेट लिए ।

जितसँगै चार खेलबाट ६ अङ्क जोडेको लखनउ तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । तीन खेलबाट दुई अङ्क जोडेको बेङ्लोर तालिकाको आठौँ स्थानमा छ ।

Tags :
प्रतिक्रिया दिनुहोस