राष्ट्र बैंकका गभर्नर अधिकारीलाई निर्माण व्यवसायीहरूले बुझाए ज्ञापन पत्र « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

राष्ट्र बैंकका गभर्नर अधिकारीलाई निर्माण व्यवसायीहरूले बुझाए ज्ञापन पत्र


२७ चैत्र २०७९, सोमबार


काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई व्यवसायीहरूले ज्ञापन पत्र बुझाएका छन् ।

नेपाल निर्माण व्यवसायी महासङ्घका अध्यक्ष रवि सिंह नेतृत्वको प्रतिनिधिमण्डले गभर्नर अधिकारीसँग निर्माण व्यवसायीहरूलाई भुक्तानी नदिँदा समस्या भएको भन्दै ज्ञापन पत्र बुझाएका हुन् ।

निर्माण व्यवसायीहरूको समस्या समाधानका लागि बैङ्कहरू लचिलो नभए समस्या अझ विकराल हुन सक्ने बताउँदै सिंहले क्रेडिट रेटिङ, ब्याज दर समायोजन, ठेक्का कर्जा, चालु पुँजी कर्जा सम्बन्धी मार्ग निर्देशन, चेक बाउन्स, कालोसूची, पुर्नकर्जा समस्या समाधानको लागि सम्बन्धित निकायहरूमा आवश्यक निर्देशन गरिदिन अनुरोध गरे ।

Tags :
प्रतिक्रिया दिनुहोस