सरकारी तलब खाने सबैले अब छोराछोरीलाई सरकारी स्कुलमा नै पढाउनु पर्ने « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

सरकारी तलब खाने सबैले अब छोराछोरीलाई सरकारी स्कुलमा नै पढाउनु पर्ने


२६ चैत्र २०७९, आइतबार


दोलखा । सरकारी तलब भत्ता खाने सबैले आफ्ना सन्तानलाई सरकारी विद्यालयमा नै पढाउनु पर्ने व्यवस्था गरिएको छ ।

दोलखाको बैत्यश्वर गाउँपालिकाको आइतबार बसेको बैठकले सरकारी तलब भत्ता खाने सबैले आफ्ना सन्तानलाई अबको शैक्षिक सत्रदेखि सरकारी विद्यालयमा पढाउनु पर्ने निर्णय गरेको हो ।

बैठकपछि गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ऋषिराम ज्ञवालीले निकालेको सूचनामा भनिएको छ, ‘बैत्यश्वर गाउँपालिकाभित्र काम गर्ने निजामती कर्मचारी, जनप्रतिनिधि, शिक्षक, विद्यालय कर्मचारी, बाल विकास सहयोगी कार्यकर्ता, सामुदायिक सिकाइ केन्द्रका परिचालकहरू लगायत राज्य श्रोतबाट तलब भत्ता बुझ्ने अन्य कर्मचारीका छोराछोरी अनिवार्य रूपमा २०८० सालदेखि सामुदायिक विद्यालयहरूमा भर्ना गरी पठनपाठन गराउनुहुन सम्बन्धित सबैको जानकारीका लागि यो सूचना जारी गरिन्छ ।’

गाउँपालिकाले सामुदायिक विद्यालयको स्तर खस्किरहेको भन्ने अभिभावकहरूको गुनासो आइरहेको बेलामा पढाइको स्तर बढ्ने विश्वासमा सरकारी तलब भत्ता खाने सबैले आफ्ना सन्तानलाई सरकारी स्कुलमा नै पढाउने व्यवस्था गर्न लागेको जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस