हालै मात्र बढुवा भएका ४ एआईजीलाई दर्ज्यानी चिह्न « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

हालै मात्र बढुवा भएका ४ एआईजीलाई दर्ज्यानी चिह्न


२६ चैत्र २०७९, आइतबार


काठमाडौँ । नेपाल प्रहरीका ४ जना प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)ले दर्ज्यानी चिह्न लगाएका छन्।

शुक्रवार बसेको मन्त्रिपरिषद् बैठकले बढुवा गरेका एआईजी सन्दीप भण्डारी, सुदीप गिरी, मीरा चौधरी र टेकबहादुर तामाङलाई आइजिपी वसन्तबहादुर कुँवरले प्रहरी प्रधान कार्यालय, नक्सालमा आयोजित एक कार्यक्रमबीच उनीहरूलाई दर्ज्यानी चिह्न लगाएका हुन्।

बढुवा भएका एआईजीहरूको पदस्थापन शुक्रवार नै भइसकेको छ।

एआईजी भण्डारी मानव स्रोत, गिरी प्रदेश समन्वय निर्देशनालय, चौधरी कार्य विभाग र तामाङलाई अपराध अनुसन्धान विभागमा पदस्थापन गरिएको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस