कर्णालीमा विद्यार्थीको भविष्यमाथि खेलबाड भइरहेको छ : विनीता कठायत « प्रशासन
Logo २४ बैशाख २०८१, सोमबार
   

कर्णालीमा विद्यार्थीको भविष्यमाथि खेलबाड भइरहेको छ : विनीता कठायत


२३ चैत्र २०७९, बिहिबार


काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद विनीता कठायतले सरकारले कर्णालीलाई शिक्षामा हेपेको बताएकी छन् ।

बिहीबारको प्रतिनिधिसभामा बोल्दै शैक्षिक सत्रको विषयमासमेत कर्णाली हेपिएको उनले बताइन् । देश ५० वर्ष पुरानो शैक्षिक नीतिमा चलेको भन्दै सधैँ यसरी चल्ने हो ? भनी सांसद कठायतले प्रश्न समेत गरिन् ।

उनले भनिन्, ‘कर्णालीमा थोरै विद्यार्थी भए पनि उनीहरूको भविष्यमा खेलबाड भइरहेको छ । मौसमका कारण फागुन १ मा शैक्षिक सत्र राख्न बाध्य छ । तर, संघीय नेपालले वैशाखलाई शैक्षिक सत्रलाई मान्यता दिएको छ । कर्णालीप्रति किन यस्तो गैर जिम्मेवार ? फागनु १ मा विद्यालय सुरु हुँदा विद्यार्थीको हातमा पुस्तक हुनुपर्छ । शिक्षा मन्त्रालय मात्र होइन, सभामुखमार्फत सबैलाई आग्रह गर्दछु ।’

Tags :
प्रतिक्रिया दिनुहोस