बागलुङमा ट्रयाक्टर दुर्घटनामा युवकको मृत्यु « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

बागलुङमा ट्रयाक्टर दुर्घटनामा युवकको मृत्यु


२२ चैत्र २०७९, बुधबार


काठमाडौँ । बागलुङमा ट्रयाक्टरले किच्दा एक युवकको मृत्यु भएको छ । गलकोट नगरपालिका–११ रिघा मनेवामा ट्रयाक्टरले किच्दा पूर्वी नवलपरासी घर भई मनेवा मामाघर आएका २३ वर्षीय दिपेश सलामीको मृत्यु भएको छ ।

बडिगाड गाउँपालिका–२ खर्बाङ बजारबाट गलकोट नगरपालिका-३ हटियाबजार आउँदै गरेको ध१त ६०९ नंको ट्रयाक्टर मध्यपहाडी लोकमार्गबाट खस्दा च्यापिएर सलामीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी निरीक्षक राजाराम खड्काले जानकारी दिए । ट्रयाक्टर लोकमार्गदेखि १५ मिटर तल होमबहादुर सिंजालीको घरमाथि खसेको थियो । घरमाथि खसेको ट्रयाक्टरले च्यापिँदा सलामी घाइते भएको र उद्धार गर्दागर्दै मृत्यु भएको खड्काले बताए ।

ट्रयाक्टर चालक गलकोट नगरपालिका-९ मा बस्दै आएका २३ वर्षीय डिक्सन पुनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । ट्रयाक्टरले पार्किङ गरी राखिएको लु६३प ९०९ नंको स्कुटर च्याप्दा पूर्णरूपमा क्षति भएको छ

Tags :
प्रतिक्रिया दिनुहोस