रवि लामिछानेको उम्मेदवारीविरुद्ध चार उजुरी « प्रशासन
Logo २६ बैशाख २०८१, बुधबार
   

रवि लामिछानेको उम्मेदवारीविरुद्ध चार उजुरी


२१ चैत्र २०७९, मंगलबार


काठमाडौँ । रास्वपाका सभापति रवि लामिछानेको उम्मेदवारीको विरोधमा निर्वाचन कार्यालयमा उजुरी परेको छ ।

उपनिर्वाचनका लागि चितवन निर्वाचन क्षेत्र नम्बर २ मा २४ जनाले मनोनयन दर्ता गराएकामा लामिछानेविरुद्ध चार जनाको उजुरी परेको हो । आज उम्मेदवारको विरोधमा उजुरी दिने समय थियो । लामिछानेबाहेक अन्य उम्मेदवारको विरोधमा भने उजुरी परेको छैन ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार उम्मेदवारसमेत रहेका सन्तोष थापासहित जनकराज शर्माका प्रतिनिधि डमर पुरी र अम्बिका भट्टका प्रतिनिधि शिवहरि सुवेदीले कार्यालयमै पुगेर उजुरी गरेका हुन्।

अर्को उजुरी भने युवराज सफलले इमेलबाट दिएका कार्यालयका सहायक निर्वाचन अधिकृत ईश्वर आचार्यले जानकारी दिए । कार्यालयले मनोनयन पत्र र उजुरीउपर जाँचबुझ गरी भोलि निर्णय गर्ने छ ।

Tags :
प्रतिक्रिया दिनुहोस