प्रशासनका कर्मचारी अनुसन्धानको दायरामा « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

प्रशासनका कर्मचारी अनुसन्धानको दायरामा


२० चैत्र २०७९, सोमबार


काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँका कर्मचारी छानबिनको दायरामा तानिएका छन् ।

उपत्यका अपराध अनुसन्धान कार्यालय, बानेश्वरले गरेको तिब्बती शरणार्थीलाई नेपाली नागरिकता बनाइदिएको घटना प्रकरणमा जिल्ला प्रशासन कार्यालय, काठमाडौँमा काम गरेका कम्तीमा ३ जना कर्मचारीको संलग्नता खुलेपछि उनीहरू छानबिनमा तानिएका हुन् ।

तिब्बतीलाई राहदानी बनाइदिएको घटनामा संलग्नता देखिएपछि कार्यालयका नायब सुब्बा देवराज गौतम पक्राउ परेका छन् ।

तिब्बती शरणार्थीलाई नेपाली नागरिकता बनाइदिएको आरोपमा लेखापढी व्यवसायी कृष्णबहादुर कटवाल, नक्कली बाबु बनेका न्यूल्केश श्रेष्ठ, नक्कली कागजात बनाइदिने व्यक्ति हिरालाल शिवाकोटी, नेपाली नागरिकता बनाइदिएका तिब्बती शरणार्थी लोब्साङ ठिन्ले र जिल्ला प्रशासन कार्यालयका क्यान्टिन सञ्चालक विजय लामालाई प्रशासनले सार्वजनिक गरेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस